Royal Entertainmentमुख्य बातम्या

रैना भारत फर्किए, IPL गुमाउने

0

एजेन्सी । चेन्नई सुपर किङ्सका ब्याट्सम्यान सुरेश रैनाले यस संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट गुमाउने भएका छन् । आईपीएलका लागि दुबई पुगेका रैना व्यक्तिगत कारण देखाएर भारत फर्किएका छन् ।चेन्नईले सामाजिक संजाल ट्वीटरबाट व्यक्तिगत कारण देखाएर रैना घर फर्किएको पुष्टि गरेको छ ।
‘सुरेश रैना व्यक्तिगत कारण भारत फर्केका छन् र आईपीएलमा उनी उपलब्ध हुने छैनन् । चेन्नई यस समयमा सुरेश र उसको परिवारलाई पूर्ण सहयोग प्रदान गर्दछ’, सीईओ केएस विश्वनाथनले चेन्नईको ट्वीटरबाट भनेका छन् ।
गत अगस्ट १५ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका रैना चेन्नईका महत्वपूर्ण खेलाडी हुन् । रैनाले २००८ बाट १ सय ६५ आईपीएल खेल खेलिसकेका छन् । उनले सन् २०१८ मा चोटका कारण एक खेल भने गुमाएका थिए । रैना आईपीएलका सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन् । उनले आईपीएलमा ५ हजार ३ सय ६८ रन बनाएका छन् । रैना भन्दा अघि रहेका विराट कोहलीले ५ हजार ४ सय १२ रन बनाएका छन् ।
शुक्रबार मात्र चेन्नईका खेलाडीसहित १० जनालाई कोरोना संक्रमण पुस्टि भएको थियो । आईपीएलको यस संस्करण युएईमा हुँदैछ । कोरोना महामारीको कारण युएईमा तय गरिएको १३ औं संस्करणको आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुनेछ । तर, आईपीएलले खेल तालिका भने सार्वजनिक गरेको छैन ।
The post रैना भारत फर्किए, IPL गुमाउने appeared first on enews30.

अन्तिम टेस्ट बराबरी, इंग्ल्यान्डलाई सिरिज

Previous article

कंगनापासून लांबच रहा ; गृहमंत्री देशमुखांना हिमाचल प्रदेशमधून 9 वेळा धमकीचे फोन

Next article

You may also like

Comments

Comments are closed.