Royal Entertainmentमुख्य बातम्या

बार्सिलाेनाको योजना – स्वारेज बेच्ने, कौटिन्हो फर्काउने

0

एजेन्सी । बार्सिलोनाको कमान्ड सम्हाल्न आईपुगेका डच प्रशिक्षक रोनाल्ड कोम्यानले टिम संरचनामा ब्यापक फेरबदलको संकेत गरेका छन् ।उनले बार्सिलोनाका उमेर पुगेका खेलाडीलाई बाहिर पठाउँदै अवसर नपाएका खेलाडीलाई क्लबमा फर्काउने तयारी गरेका छन् ।
उनले उरुग्वेका फरवार्ड लुईस स्वारेजलाई क्लब बाहिर पठाउँदै जर्मनमा लोनमा रहेका फिलिप कौटिन्होलाई स्पेन फर्काउने तयारी गरेका हुन् ।स्पेनबाट प्राप्त रिपोर्टका अनुसार कौटिन्हो नयाँ प्रशिक्षक कोम्यानको पहिलो टिमको योजनामा छन् ।
बार्सिलोनाबाट लोनमा बायर्न म्युनिख पुगेका कौटिन्होले आईतबार च्याम्पियन्स लिगको उपाधि जितेका थिए । च्याम्पियन्स लिगको फाईनलमा पीएसजीलाई १–० ले हराउँदै बायर्नले उपाधि जितेको थियो ।
कौटिन्होले समेत बैकल्पिक खेलाडीको रुपमा सेमिफाईनल र फाईनलमा राम्रो छाप छाडेका थिए । उनले सेमिफाईनलमा पूर्व क्लब बार्सिलोनाविरुद्ध दुई गोल समेत गरेका थिए ।क्विक सेटिनलाई स्थानान्तरण गर्दै बार्सिलोनाको कमान्ड सम्हाल्न आईपुगेका डच प्रशिक्षक कोम्यानले कौटिन्होलाई नयाँ सिजनका लागि आफ्नो योजनामा राखेको बताएका छन् ।
उनले च्याम्पियन्स लिगको उपाधि जितेकोमा कौटिन्होलाई बधाई दिदै लिभरपुलका पूर्व स्टारलाई क्लबको नियमित टिममा समावेश गर्ने र अर्को सिजन महत्वपूर्ण भूमिका दिने बताएका हुन् ।२८ वर्षीय विङ्गर कौटिन्होको बार्सिलोनासंगको सम्झौता सन् २०२३ मा सकिदैछ ।
बार्सिलोनाले अर्को हप्ताबाट प्रशिक्षण सुरु गर्दैछ । कौटिन्हो समेत कोम्यानको प्रशिक्षणमा सहभागी हुन ब्राजिलमा आफ्नो परिवारसंग बिदा मनाउने योजना रद्ध गर्न तयार छन् ।
The post बार्सिलाेनाको योजना – स्वारेज बेच्ने, कौटिन्हो फर्काउने appeared first on enews30.

बार्सिलोनाका नयाँ योजनामा स्वारेज छैनन्

Previous article

बार्सिलोनाका गोलरक्षक टेर स्टेगन टोलीबाहिर

Next article

You may also like

Comments

Comments are closed.