Royal Entertainmentमुख्य बातम्या

पहिलो टी-ट्वान्टीमा इंग्ल्यान्ड र पाकिस्तान

0

एजेन्सी । घरेलु टिम इंग्ल्यान्ड र पाकिस्तानबीचको पहिलो टी-ट्वान्टी खेल आज (शुक्रबार) हुँदैछ । तीन खेलको सिरिज अन्तर्गत शुक्रबार इंग्ल्यान्ड र पाकिस्तानले पहिलो खेल खेल्न लागेको हो ।
म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १०:४५ बजे सुरु हुनेछ । पहिलो खेलका लागि मैदान उत्रदा दुबै टिम जित निकाल्ने लक्ष्यमा हुने छन् ।
इंग्ल्यान्ड इयान मोर्गनको कप्तानीमा मैदान उत्रने छन् । तर, चोटका कारण ओपनर ब्याट्सम्यान जेसन रोय टिममा हुने छैनन् । पाकिस्तान बाबर आजमको कप्तानीमा मैदान उत्रने छन् ।
इंग्ल्यान्डसँगको टेस्ट सिरिज गुमाएको पाकिस्तान टी-ट्वान्टी सिरिज जित्ने लक्ष्यमा रहेको छ । इंग्ल्यान्डले तीन खेलको टेस्टमा १-० ले आफ्नो बनाएको थियो । दुई टिमबीचको दोस्रो खेल अगस्ट ३० र तेस्रो खेल सेप्टेम्बर १ मा हुनेछ । पाकिस्तानपछि इंग्ल्यान्डले अष्ट्रेलियासँग एकदिवसीय र टी-ट्वान्टी सिरिज खेल्नेछ ।
यस्तै इंग्ल्यान्ड टी-ट्वान्टी सिरिज समेत आफ्नो बनाउने लक्ष्यमा हुनेछ । दुई टिमबीच पछिल्लो पटक सन् २०१९ को मेमा खेल भएको थियो । उक्त खेलमा इंग्ल्यान्ड ७ विकेटले विजयी भएको थियो ।
The post पहिलो टी-ट्वान्टीमा इंग्ल्यान्ड र पाकिस्तान appeared first on enews30.

अन्तिम टेस्ट बराबरी, इंग्ल्यान्डलाई सिरिज

Previous article

कंगनापासून लांबच रहा ; गृहमंत्री देशमुखांना हिमाचल प्रदेशमधून 9 वेळा धमकीचे फोन

Next article

You may also like

Comments

Comments are closed.