Royal Entertainmentमुख्य बातम्या

इंग्लिस दर्शकको भिड मिस गर्नेछु – स्मिथ

0

एजेन्सी । अष्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथल इंग्ल्यान्डको भूमिका खेल्दा आफुले इंग्लिस दर्शकको भिडलाई मिस गर्ने बताएका छन् ।घरेलु टिमसँगको टी-ट्वान्टी र एकदिवसीय सिरिजका लागि इंग्ल्यान्ड भ्रमणमा रहेका स्मिथले यस पटक दर्शकको भिडलाई आफुले गुमाउने बताएका हुन् ।
अष्ट्रेलियाले इंग्ल्यान्डसँग सेप्टेम्बरमा टी-ट्वान्टी र एकदिवसीय सिरिज खेल्नेछ । तर, कोरोना भाईरसको महामारीको कारण खेल बन्द रंगशालामा हुनेछ ।’म त्यहाँ ब्याटिङ गर्न मन पराउछु तर दुर्भाग्यपूर्ण मलाई थप प्रेरणा दिने त्यहाँ कुनै भिड हुने छैन,’ स्मिथले भने, ‘तर, टिभीमा हेर्ने धेरै हुने छन् ।’
अष्ट्रेलियाले इंग्ल्यान्डसँग समान ३/३ खेलको सिरिज खेल्ने छन् ।साउथह्याम्टनमा हुने दुई टिमबीचको टी-ट्वान्टी सिरिज सेप्टेम्बर ४, ६ र ८ मा हुनेछ ।म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा हुने एकदिवसीय सिरिजका खेल सेप्टेम्बर ११, १३ र १६ मा हुनेछ ।स्मिथले सिरिजका लागि आफु उत्साहित भएको समेत बताए ।
‘यो सिरिज राम्रो सिरिज हुनेछ । म उत्साहित छु । म यसमा फर्कनका लागि उत्सुक छु,’ उनले थपे ।कोरोना भाईरसको महामारीको बाबजुत इंग्ल्यान्ड भ्रमण गर्ने अष्ट्रेलिया तेस्रो राष्ट्र हो ।यस अघि वेस्ट इन्डिजले इंग्ल्यान्ड भ्रमण गरिसकेको छ । पाकिस्तानी टिमले इंग्ल्यान्डसँग टेस्ट सिरिज खेलिरहेको छ ।
The post इंग्लिस दर्शकको भिड मिस गर्नेछु – स्मिथ appeared first on enews30.

बार्सिलोनाका नयाँ योजनामा स्वारेज छैनन्

Previous article

बार्सिलोनाका गोलरक्षक टेर स्टेगन टोलीबाहिर

Next article

You may also like

Comments

Comments are closed.